आज नेप्से २७.७२ अंकले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेप्से परिसूचक बिहिबार २७.७२ अंकले बढेर २०६८.४२ विन्दुमा रोकेको छ। सेन्सेटिभ इण्डेक्स ५.४१ अंक बढेको छ । बिहीबार मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर १० प्रतिशत बढेको हो।

त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्इ ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल प्रगति फण्डको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

- Advertisement -
Ad imageAd image

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यसैगरी, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्