नेप्सेमा दोहोरो अंकको गिरावट: ५ अर्ब ३८ करोडको कारोबार हुँदा हाथवेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ विन्दुमा ओर्लिएको छ।

समग्र बजारमा ०.६२ प्रतिशतको गिरावट आउँदा आज कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

- Advertisement -
Ad image

आज दिनभर कुल ३५७ कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ३५,००० भन्दा बढी पटक किनबेच भएका छन्। बजार ओरालो लाग्दा कुल २२३ कम्पनीका सेयरधनीले गुमाएका छन् भने मात्र ५० कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ। बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज व्यापार (ट्रेडिङ) समूह मात्र ०.२३ प्रतिशतले हरियो रह्यो। बाँकी १२ वटा उपसमूहको सूचक ऋणात्मक बन्दा निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १.२० प्रतिशतको गिरावट आयो।

आज लक्ष्मी सनराइज डिबेन्चर र केबीएल डिबेन्चरका लगानीकर्ताले क्रमशः १५% र १२.१७% कमाउँदा हाथवे इन्भेष्टमेन्ट नेपालका सेयरधनीले सबैभन्दा धेरै १०.५८ प्रतिशत गुमाएका छन्। कम्पनीगत कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक ३५ करोड ८२ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्