सेयर बजारमा दोहोरो अंकको सुधार आए पनि कारोबार रकम ३ अर्बमै सीमित, लगानीकर्तामा उत्साह देखिएन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – लगातार दुई दिनको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिए पनि सेयर कारोबार रकममा भने मन्दी छाएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा उक्लिए पनि खरिदबिक्री रकम भने अघिल्लो दिनको तुलनामा अझ घटेको छ।

सोमबार नेप्से २०.४८ अंकले घट्दा ३ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सूचक सकारात्मक हुँदा समेत कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँमा सीमित भएको हो। बजारमा सुधार आए पनि लगानीकर्ताहरू चाडबाडको मुखमा पर्ख र हेरको अवस्थामा रहँदा कारोबार परिमाण बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

- Advertisement -
Ad image

मंगलबार बजारमा कुल ३५९ कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ४१ हजार ६०७ पटक किनबेच भएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा बाहेकका ११ उपसमूहको सूचक वृद्धि भएको छ। समग्र बजारमा १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्