सेयर बजारमा सुधार: नेप्से ११.७७ अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब नजिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – अघिल्लो दिन ३६ अंकभन्दा बढीले ओरालो लागेको धितोपत्र बजार (नेप्से) परिसूचकमा बिहीबार भने दोहोरो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७७ अंक अर्थात् ०.४४ प्रतिशतले बढेर २,६२९.८१ विन्दुमा पुगेर बन्द भएको छ। हिजोको करेक्सनपछि बजारमा खरिदकर्ता सक्रिय हुँदा परिसूचक हरियो बनेको हो।

परिसूचक बढे पनि आज कारोबार रकममा भने केही संकुचन आएको छ। दिनभर भएका ५१,७१६ पटकको कारोबारमार्फत कुल ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर रु ५ अर्ब ४४ करोड ७३ लाख मूल्यमा खरिद–बिक्री भएका छन्। आज बजारमा कुल १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

- Advertisement -
Ad image

बिहीबारको कारोबारमा आएका १३ उपसमूहमध्ये निर्जीवन बीमा बाहेकका बाँकी १२ उपसमूहको सूचक सकारात्मक रह्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १९५.२९ अंकले बढ्दा जीवन बीमा समूहमा ८३.६८ अंकको वृद्धि देखियो। यता निर्जीवन बीमा उपसमूह भने ३२.१९ अंकले ओरालो लागेको छ।

आजको बजारमा नेपाल ल्युब आयलका लगानीकर्ताले सर्वाधिक १२.४७ प्रतिशत नाफा कमाएका छन् भने सोनापुर मिनरल्स एन्ड आयलको मूल्य ७.६५ प्रतिशतले बढेको छ। अर्कोतर्फ, मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ११.५८ प्रतिशत गुमाएका छन्। एकल कम्पनीको कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहँदै रु ३५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्न सफल भयो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्