काठमाडौँ – बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। उतारचढावका बीच नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। बजारमा हरियाली छाए पनि सुधारको अंक भने निकै न्यून रहेको छ।
परिसूचकमा झिनो वृद्धि देखिए पनि बजारमा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जसले लगानीकर्ताहरूको सक्रियतालाई दर्शाउँछ। आज कारोबारमा आएका कुल ३५३ कम्पनीमध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रह्यो।
आजको बजारमा सिद्धार्थ बैंक ३० करोड ५३ लाख रुपैयाँको खरिदबिक्रीसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्यो। त्यस्तै, गुमाउनेमा सयपत्री हाइड्रोपावर अगाडि रहँदा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १०.८१ प्रतिशत कमाएका छन्। समूहगत रूपमा बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसूचकमा सुधार देखिए पनि व्यापार र निर्जीवन बीमासहित ९ वटा समूहका सूचकहरू भने आज ओरालो लागेका छन्।


प्रतिक्रिया दिनुहोस्