काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा महामन्त्रीमा प्रदीप पौडेल, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महिला महामन्त्रीमा डा. डिला संग्रौलाले अग्रता कायम राखेका छन्।
४ हजार ६०० मत गणना हुँदाको विवरणअनुसार खुला महामन्त्रीमा पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन्। पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ।
खुला उपसभापतिमा भण्डारीको अग्रता
खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। भण्डारी ९०२ मतले अगाडि छन्।
अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र प्रा. डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा चौधरी अगाडि
समावेशी उपसभापतिको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रञ्जित कर्णले ३५२ मत पाएका छन्। चौधरी र परियारबीच ३८ मतको अन्तर छ।
महामन्त्रीमा पौडेलको अग्रता कायमै
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्। उदयशमशेर राणाले १ हजार ४९१ र डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत पाएका छन्।
त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा संग्रौला अगाडि
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन्। संग्रौला र उपाध्यायबीच १९९ मतको अन्तर छ।


प्रतिक्रिया दिनुहोस्