नेप्से आज १.८१ अंकले बढयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १.८१ अंकले बढेर २ हजार ०५४९.५ विन्दुमा पुगेको छ। नेप्सेमा कूल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ। यसको आज २८ करोड १८ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये १ उपसुचक स्थिर, ५ उपसुचक बढेको छ भने बाँकी उपसुचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array