श्रृजनशील लघुवित्तको सेयर भदौ १५ गतेबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले भदौ १५ गतेबाट साधारण सेयर ९आईपीओ० बिक्री गर्ने भएको छ । लघुवित्त संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर भदौ १९ गतेसम्म बिक्री गर्ने छ। संस्थाको जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ। यसको ३६ प्रतिशत हुन आउने सेयर बिक्री गर्न लागेको हो।

संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ। कम्पनीले ५ हजार ४७० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ। अर्को १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणले पाउने छन्। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १००० कित्ता सेयरका लागि आवेदन दिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्