माथिल्लो तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ  – माथिल्लो तामाकोशीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ।
आर्थिक वर्ष २०७७र७८ मा कम्पनी घाटामा रहेको कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्