नेप्से परिसुचक बुधबार समान्य अंकले घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेप्से परिसुचक बुधबार समान्य अंकले घटेको देखिएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजार बुधबार भने ०.३६ अंकले मात्रै घटेर २०४०.७१ विन्दुमा झरेको छ। बुधबार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर कारोबार भएको छ।
बुधबार रिडी हाइड्रोपावरको सबैभन्दा धेरै १८ करोड १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९० लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसि फाइएनान्सको ३ करोड ६५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array