नेप्से परिसुचक २४.८३ अंकले घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन मंगलबार २४.८३ अंकले घटेको छ । आज नेप्से २४.८३ अंकले घटेर २०४१ विन्दुमा बन्द भएको छ । यस्तै आज सेन्सेटिभ पनि ३.७५ अंकले घटेको छ।

नेप्सेका अनुसार आज २ सय २१ कम्पनीको ६४ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७३ करोड बराबरको कारोबार भएको छ। कारोबारका आधारमा आज रिडी पावर कम्पनी अग्र स्थानमा छ। रिडीको ४० करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ।

युनिलिभर नेपालको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ। यस्तै दोर्दीखोला जलविद्युत, पञ्चकन्यामाई हाइड्रोपावर, जोशी हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ। यस्तै आजको घटेको बजारमा पनि अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९‍.९९ प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्

Array