सेयर बजार निरन्तर ओरालोतिर, आज बजार राताम्ये

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– नेप्से परिसुचक आइतबार पनि घटेको छ । आइताबार नेप्से २७.९२ अंकले घटदा परीसूचक २०१०.०१ विन्दुमा रोकिएको छ । यस्तै सेन्सेटिभ पनि ४.७० अंकले घटेको छ। कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ८.९६, विकास बैंक ४७.४७, वित्त कम्पनी ४५.१०, जलविद्युत ४६.३८, जीवन बीमा २३३.६८, उत्पादन तथा प्रशोधन १९०.७३, माइक्रोफाइनान्स ५०.५०, निर्जीबन बीमा समूहको उपसूचक ५३.७४ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array