रिचेत जलविद्युत कम्पनीले आईपीओ जारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – रिचेत जलविद्युत कम्पनीले साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३।५७ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्कासन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । सम्झौतापत्रमा साउन २५ गते रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array