नेप्से परिसूचक १८.९६ अंकले घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ नेप्से परिसुचक बिहीबार पनि घटेको छ । बिहीबार नेप्से १८.९६ अंकले घटदा परीसूचक २०३७.९२ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ पनि ४.०८ अंकले घटेको छ। कारोबारमा आएका १३ उपसूचकमध्ये १२ उपसमुह घटेका छन्। म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ। मर्चेन्ट बैंकरहरुले म्युचुअल फन्डका इकाइधनीहरुलाई प्रतिफल दिने घोषणसँगै यसमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

कारोबारमा आएका २२३ कम्पनीहरुको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड बढीको कारोबार भएको छ। बजार घट्दै जाँदा कारोबार रकममा पनि गिरावट आउन थालेको छ।

बिहीबार कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको सात करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै हिमालयन डिष्टिलरीको पनि ६ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार घटेपनि ३२ कम्पनीका लगानीकर्ताले बिहीबार पनि नाफा बुक गरेका छन् । आज सर्वाधिक कमाउनेमा हिमालयन हाइड्रोपावरका लगानीकर्ता छन्। केही दिन अघिबाट दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेसँगै लगानीकर्ताले १० प्रतिशत मुनाफा बुक गरेका हुन्। यस्तै अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

Array