नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास,

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटबाट निरन्तर अनधिकृत रुपमा विवरण तानेको पाइएको छ । नेप्सेले एक सूचना जारी गर्दै उसैको साइटबाट कारोबार सम्बन्धी अनधिकृत रुपमा डाटा तान्नेको हावी भइरहेको बताएको हो । नेप्सेले आज एक सूचना जारी गर्दै वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा तानेर सेवा अवरुद्ध गर्ने प्रयास भएको जनाएको हो।

यसले नेप्सेको वेबसाइट हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा भइरहेको नेप्सेले प्रस्ट पारेको छ। आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने पनि चेतावनी दिइएको छ।

- Advertisement -
Ad image

हाल नेप्सेले आधिकारिक रुपमा एपीआईमार्फत धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सीडीएससीलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको पनि स्पष्ट पारेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्