नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास,

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटबाट निरन्तर अनधिकृत रुपमा विवरण तानेको पाइएको छ । नेप्सेले एक सूचना जारी गर्दै उसैको साइटबाट कारोबार सम्बन्धी अनधिकृत रुपमा डाटा तान्नेको हावी भइरहेको बताएको हो । नेप्सेले आज एक सूचना जारी गर्दै वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा तानेर सेवा अवरुद्ध गर्ने प्रयास भएको जनाएको हो।

यसले नेप्सेको वेबसाइट हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा भइरहेको नेप्सेले प्रस्ट पारेको छ। आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने पनि चेतावनी दिइएको छ।

हाल नेप्सेले आधिकारिक रुपमा एपीआईमार्फत धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सीडीएससीलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

Array