श्रृजनशील लघुवित्तको आईपीओ निष्कासन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल धितोपत्र बोर्डबाट श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति प्राप्त गरेको छ । लघुवित्त संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ लाख ९३ हजार ७ सय ५० कित्ताको ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

यस लघुवित संस्थाले बोर्डबाट साउन १८ गते अनुमति पाएको हो । संस्थाको साधारण शेयर (आईपीओ) बिक्रि प्रबन्धक तथा निष्कासनकर्तामा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्