एनएमबी क्यापिटलको १ अर्ब २० करोडको म्युचुअल फन्ड बिक्री आजबाट खुल्ला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडैं– एनएमबी क्यापिटल लिमिटेडले आजबाट नयाँ सामुहिक लगानी कोष (म्यूचुअल फन्ड) योजनाको बिक्री खुल्ला गरेको छ । क्यापिटलले ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड – २’ नाममा नयाँ सामुहिक लगानी कोष योजना ल्याएका हो । यस योजना अन्तर्गत कुल १२ करोड एकाइ जारी गरेको कम्पनीले जनाकारी दिएको छ। उक्त एकाइमध्ये १४ प्रतिशतले हुन आउने एक करोड ६८ लाख एकाइ कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेडलाई र एक प्रतिशत अर्थात् १२ लाख एकाइ योजना व्यवस्थापक कम्पनी एनएमबी क्यापिटललाई छुट्याइएको छ। आज बिहीबारबाट बिक्री खुला भएको योजनाको बिक्री छिटोमा साउन ३१ मा बन्द हुने जानकारी दिएको छ । उक्त समयभित्र पर्यायाप्त आवेदन नपरेमा भने बिक्री अवधि भदौ ९ सम्मका लागि थप गरिने जानकारी दिएको छ ।
बाँकी १० करोड २० लाख एकाइ सार्वजनिक रुपमा निष्काशन गरी बिक्री गरिने योजना व्यवस्थापक एनएमबी क्यापिटलले बताएको छ । यो एकाइ खरिद गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट दरखास्त फारम बुझाउन सक्नेछन्।
यो बन्दमुखी योजनाको अवधि १० वर्ष रहने छ भने प्रतिएकाइ मूल्य १० रुपैयाँ रहेको छ । यो म्युचुअल फन्ड खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम एक करोड २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array