ज्योति लाइफको संस्थापक समूहको १९ प्रतिशत शेयर साधारण शेयरमा परिवर्तन गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले संस्थापक समूहको १९ प्रतिशत सेयर साधारण सेयरमा परिवर्तन गर्ने  प्रस्ताव पारित गरेको हो।

कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना ७०:३० को अनुपातमा थियो। संस्थापकतर्फको १९ प्रतिशत सेयर साधारण शेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वमित्व संरचना ५१ :४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने-गाभिने सम्बन्धमा मर्जर समितिबाट पेस हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई पनि सभाले स्वीकृति गरेको कम्पनीले जनाएको छ। सभाले उक्त सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिसमक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन जनाएको छ।

सभाले कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकको नियुक्ति गर्ने सम्बन्धमा सञ्चालक समितिबाट मूल्यांकनकर्ता नियुक्त गर्ने तथा उनका लागि पारिश्रमिक तोक्ने गरी भएको निर्णयलाई समेत अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array