नेप्से परिसूचक ४५.४२ अंकले गिरावट, सेन्सेटिभ पनि घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

नेप्से आज मंगलबार पनि फराकिलो अंकले घटेको छ। आज नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६० बिन्दुमा ओर्लिएको हो । मंगलबारको कारोबार खुलेदेखिनै ओरालो लागेको बजारले अन्तिमसम्म पनि त्यही क्रमले निरन्तरता पाएको छ। यस्तै आज सेन्सेटिभ पनि ९.६८ अंकले घटेको हो।

कारोबारमा आएका कम्पनीहरुमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटाको मूल्य बढेको छ । आज कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लख बढीको कारोबार भएको छ।

कारोबारको आधारमा आज सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट अग्रस्थानमा छ। कम्पनीको १५ करोड १० लाख बढीको कारोबार भएको हो। यस्तै शिभम् सिमेन्टको पनि १३ करोड ८ लाख बढीको कारोबार भएको हो। हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा पनि सर्किट लागेको छ। भर्खरै दोस्रो बजारमा आएको कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्यमा मूल्यमा सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

Array