सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आज सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । सेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् । यस आईपीओमा १३ लाख ४५ हजार ४१० आवेदकबाट हात खाली भएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array