धौलागिरी लघुवित्तको आईपीओ भोलिदेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मंगलबार देखि धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ भने कुल आईपीओमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि र १६,५५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २ सय ९५ सर्वसाधारणलाई छुट्याइएको छ।

सेयर खरिदका लागि सर्वसाधारणले साउन २४ देखि २९ गतेसम्म आवेदन दिन सक्ने छन्। उक्त समयसम्म पर्याप्त आवेदन नपरे भदौ ७ सम्मका लागि अवधि थपिने बिक्री प्रबन्धकले जनाएको छ। आइपीओका लागि दरखास्त आवेदन सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर एपबाट दिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्