१७ दसमलव ६७ अंकले बजार घट्दा २ अर्ब ८५ करोडको सेयर किनबेच

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ – शुक्रबार नेप्से परिसूचक १७ दशमलव ६७ अंकले घटेको छ । साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक १७.६७ अंकले घटेर २,१०६. १६ को विन्दुमा रोकिएको हो। आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७६४ रुपैयाँ रहेको छ ।

त्यस्तै, नविल बैंकको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाखमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्