नबिल बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नबिल बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आज एक सूचनामा प्रकाशित गरेको हो । संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखेको र यो संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम ४८० रुपैयाँ तोकिएको छ। संस्थापक सेयरधनीहरुले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य उल्लेख गरेर खामबन्दी निवेदन पेस गर्नुपर्नेछ।

निवेदन यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाण्डौको तीनधारास्थित विणामार्गमा रहेको बैंकको केन्द्रीय कार्यालय बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array