सेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौैँ – आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। बजार आज ३३.३६ अंकले ओरालो लागेको नेप्से परिसूचक १९८९.२६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.०५ अंकले घटेर ३८५.७० को विन्दुमा झरेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड मात्रै ०.५३ प्रतिशतले उकालो लागेको छ।

आज वित्त समूह सर्वाधिक ३.७४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७८ प्रतिशत, व्यापार समूहमा २.५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६३ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२७ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा २.२५ प्रतिशत, जीवन बीमा समूहमा १.२२ प्रतिशत र लगानी समूहमा २.४६ प्रतिशतको गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

Array