खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने भदौ (आज) १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो। यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्