नेप्सेमा १६.९३ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमडौँ  – साताको अन्तिम दिन शुक्रबार सेयर १६.९३ अंकले घटेर २०२२.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७५ अंकले घटेर ३९१.७६ को विन्दुमा ओर्लेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो छाएको छ भने एउटामा मात्र हरियाली छाएको छ।

आज जीवन बीमा समूह मात्रै ०.३१ प्रतिशतले उकालो लागेको छ। हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ४ करोड ७४ लाख रुपैयाँ, राधी विद्युतको ४ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ९० लाख रुपैयाँ, युनिभर्सल पावरको ३ करोड ७६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ३६ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ३४ लाख रुपैयाँ, अपी पावरको ३ करोड १७ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array