शेयर बजारका राजा राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजारका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको छ । राकेश झुनझुनवाला २–३ साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाले केही दिनअघि मात्रै अकासा एयरलाइन्स सुरु गरेका थिए ।

झुनझुनवालाले ३६ वर्षअघि लगानी यात्रा सुरु गरेका थिए । त्यतिबेला उनले ५ हजार रुपैयाँमात्रै लगानी यात्रा सुरु गरेका थिए। आज उनको कुल सम्पत्ति करिब ४० हजार करोड रहेको छ।

झुनझुनवालाले गत जुलाई ५ मा जन्मदिन मनाएका थिए। उनको आकस्मिक निधनको खबरले भारतीय सेयर बजार स्तब्ध भएको छ।झुनझुनवालाका बारेमा भनिन्थ्यो कि उनले माटो छोए पनि सुन बन्छ। जुन स्टकमा झुनझुनवालाले हात हाल्थे, उक्त स्टकको भाउ रातारात उचाइमा पुग्थ्यो। यही कारणले गर्दा उनको हरेक चाललाई लगानीकर्ताले पछ्याउने गरेका थिए।

स्टक छनोटमा झुनझुनवालाले गहिरो अध्ययन गर्थे।

प्रतिक्रिया दिनुहोस्