आजको शेयरबजार: नेप्से दश अंकले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १०.२७ अंकले बढेर २ हजार १ सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १ सय १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मनकामना स्मार्ट लघुसवत्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०९०.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १३ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array