पिपुल्स पावरको आइपिओ खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० को बिक्री खुला गरेको हो । कम्पनीले साउन ३१ गतेदेखि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको छ । यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array