सेयर बजार अब साताको पाँच दिन मात्रै खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

सेयर बजार साताको पाँच दिन मात्रै खुल्ने भएको छ। हाल शुक्रबार समेत भइरहेको कारोबार हटाएर पुनः पाँच दिन मात्रै कारोबार गर्ने भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तर्क्रिया कार्यक्रममा पाँच दिन मात्र सेयर कारोबार हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, “गत असारदेखि नेपालमा सेयर कारोबार छ दिन गरिएको छ। छिट्टै शुक्रबारको कारोबार हटाएर पुनः पाँच दिन सेयर कारोबार दिन कायम गर्दैछौ।”  करिब दुई तीन हप्ता अघि नै बोर्डले हामीलाई शुक्रबार कारोबार बन्द गर्न स्पष्ट मौखिक निर्देशन दिएको थियो,” प्रबन्धक फुँयालले भने, “टेक्निकली पनि हामीलाई अपडेट गर्न दुई दिन चाहिन्छ। त्यसबाहेक लगानीकर्ताहरुबाट पनि एकदम ठुलो दबाब आएको छ।”

सरकारले इन्धनको खपत घटाउन जेठदेखि परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो। दुई दिन बिदा भएपछि बोर्डले सोमबारदेखि शुक्रबारसम्म ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार गर्ने निर्णय गर्‍यो। असारमा सरकारले बिदा कटौती गरेपछि नेप्सेले शुक्रबारको कारोबार अवधि घटाएको थियो। तर त्यही बोर्डले शुक्रबारको सेयर कारोबार रोक्न मौखिक निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array