२ दसमलव ४५ अंकले बजार घट्दा ३ अर्ब २९ करोडको सेयर किनबेच

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो दिन (आज) मंगलबार बजार परिसुचक २ दसमलव ७६ अंकले ओरालो लागेर २१ सय ९३ दसमलव ४८ अंकमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय १७ कम्पनीको ७८ लाख १३ हजार कित्ता किनबेचमा उक्त रकम कारोबार भएको हो। आज १३ लगानी मध्ये, जीवन बीमा, अन्य, निर्जीवन बीमा, विकास बैंक, होटल र पर्यटन तथा वाणिज्य बैंकको सूचक घटेको छ ।

व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र सामूहिक लगानी कोषको सूचक भने हरियो छ। आज बजारमा कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर बढे पनि ९२ वटाको घटेको छ। त्यस्तै ६ वटाको भने उही मूल्यमा कायम छ।

आज विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७, रिभर फल्स पावर लिमिटेडका सेयरधनीले ८.५३ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशत कमाएका छन्। गुमाउने लगानीकर्ताले ४.२४ प्रतिशतसम्म गुमाएका छन् । आज पनि शिवम् सिमेन्टकै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोडको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array