खप्तड लघुवित्तको आईपिओ नतिजा हेर्ने तरिका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार बिहान खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने जानकारी दिएको छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । प्रभु क्यापिटलको वेबसाइट सिडीएससीको मेरोशेयरको वेबसाइट सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट र खप्तड लघुवित्त कम्पनीको वेबसाइट बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यबाट हेर्दा डिम्याट नम्बरबाट हेर्न सकिन्छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array