आपत्तिजनक र धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार गम्भीर विवादमा: के हो वास्तविकता ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी व्यक्त गरिएका अत्यन्तै आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण अडियो बाहिरिएपछि गम्भीर विवादमा तानिएका छन्। सोमबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका शृङ्खलाबद्ध अडियो रेकर्डहरूका कारण राजनीतिक वृत्त र सर्वसाधारणमाझ उनको तीव्र आलोचना भइरहेको छ।

सार्वजनिक भएको विवादास्पद अडियो संवादमा विवाहको प्रलोभन देखाएर निजी भिडियो बनाई ब्ल्याकमेल गरेको, अश्लील गालिगलौज गरेको र मोटो रकम माग गर्दै ‘मारेर रगत खाने’ जस्ता निकै डरलाग्दा धम्कीहरू दिइएको सुनिन्छ।

- Advertisement -
Ad image

अडियोमा पीडित पक्षले आफूमाथि भएको शारीरिक कुटपिट र मानसिक टर्चरबारे गुनासो गरेको सुनिन्छ भने सांसद सुनार भनिएको आवाजले पैसाको बार्गेनिङ गर्दै थप धम्की दिएको सुन्न सकिन्छ। केही वर्षअघि रेकर्ड भएको भनिएको यस अडियोसँगै सुनारको बैंक खातामा विभिन्न देशहरूबाट भएका शंकास्पद वित्तीय कारोबारको विवरण समेत सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

यस गम्भीर घटना बाहिरिएलगत्तै सामाजिक सञ्जालमा सांसद सुनारलाई पदबाट तत्काल निलम्बन वा राजीनामा गराउनुपर्ने र कानुनी कारबाही अघि बढाउनुपर्ने माग चर्किएको छ। यसबारे रास्वपाभित्रै पनि ‘राइट टु रिकल’ को प्रक्रिया अपनाएर उनलाई फिर्ता बोलाउनुपर्ने आवाज उठ्न थालेको छ।

यद्यपि, विवाद चर्किएपछि सांसद सुनारको मोबाइल फोन निरन्तर स्विच अफ रहेको छ भने रास्वपाका प्रवक्ता जगदीश खरेलले आफू काठमाडौँबाहिर रहेकाले घटनाको विस्तृत विवरण बुझेर मात्र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका छन्। सांसद सुनार यसअघि पनि प्रहरी पोसाक खरिद प्रकरण, प्रहरी महानिरीक्षकसँगको विवाद र अख्तियारमा परेको उजुरीका कारण पटक-पटक विवादमा आइसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्