काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८३, बुधबार
0 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए । यसबारे थप विवरण खुल्न बाँकी छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्