आज नेप्सेमा सामानय गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
साताको पहिलो दिन आइतबार सेयर बजारमा सामानय गिरावट आएको छ । आज नेप्से ७.७२ अंकले घटेर परिसूचक २०६०.५५ बिन्दुमा रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४९ अंकले घटेर ३९८.५८ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.०४, होटल तथा टुरिजम २९.५६, उत्पादन तथा प्रशोधन समूहको २२.७८, निजीवन बीमा समूहको उपसूचक ८.३० अंकले बढेरहेको हो । यस्तै विकास बैंक ३५.२०, वित्त कम्पनी १६.९०, जलविद्युत समूहको २८.७८, जीवन बीमा समूहको उपसूचक ३७.०२ अंकले घटेको हो ।
बजारमा सामान्य अंकको गिरावट आउँदा मदांकिनी हाईड्रोपावर अपर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

दिनभर २१८ कम्पनीको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array