नेपाल पावर एक्सचेञ्जको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार श्रेष्ठ, उत्तमकुमार लामा मोहन डाँगी र भरत खत्रीलाई चयन गरेको छ । यसअघि नेपेक्सको साधारणसभा भएको थियो । उक्त साधारणसभाले सञ्चालक मात्रै छनोट गरेको थियो । ती सञ्चालकहरुबाट अहिले आचार्यलाई अध्यक्ष बनाएको हो ।

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड विद्युत व्यापारमा निजी क्षेत्रको पनि सहभागिता खोज्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नवनिर्वाचित अध्यक्ष आचार्यले अब विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता हुने हिसाबले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array