खानेकुरा खेर जानबाट बचाउने उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ ।

खानेकुरा खेर जानबाट बचाउने उपाय

पहिलो खानेकुरा खरिद गर्दा त्यति मात्रै खरिद गर्नुहोस्, जति आवश्यक छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा यसले आर्थिक व्ययभार पनि बढ्दै जान्छ ।

खाना तयार पार्दा निश्चित अनुमान गरेर तयार पार्नुहोस् । धेरै खानेकुरा पकाउनु र त्यसलाई बासी राखेर खानु राम्रो होइन ।

बासी वा बिग्रन लागेको खानेकुरालाई बैकल्पिक विधिबाट तयार गरेर सेवन गर्नु पर्दछ ।

भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनु अघि नै पुन प्रयोग गर्न सकिन्छ ।

बासी खानेकुरा सडकका कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

कुहिएको खानेकुरालाई करेसाबारी वा बगैँचामा राखेर जैविक मल बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array