पुदिनाको फाइदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं
पुदिनालाई न रोप्न झन्झट छ, न हुर्काउन, न गोडमेल गर्न । अलि मलिलो माटोमा सजिलै फैलिने पुदिनालाई आयुर्वेदमा विशेष मानिन्छ ।

पुदिनामा कफनाशक गुण हुन्छ ।

ज्वरो, खोकी, हैजामा उपयोगी मानिन्छ ।

ग्यास्ट्रिकबाट बच्न वा कतिपय दुखाइ कम गर्न मद्दत गर्छ ।

अपच हुँदा पनि पुदिना खानु लाभदायक हुन्छ ।

के पाइन्छ पुदिनामा ?

पुदिनामा खास केही पोषक तत्व पाइन्छन् । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटेसियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, फाइबर पाइन्छ ।

स्वास्थ्यदेखि सौन्दर्यसम्म

आज विश्वभरका कतिपय उत्पादनमा पुदिनाको उपयोग गरिन्छ । यसलाई मूलतः औषधिमा प्रयोग गरिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ ।

पुदिनाका १२ लाभ

१.खानामा स्वदिष्ट पुदिना एक राम्रो मुख ताजा राख्ने ९माउथफ्रेसनर० पनि हो ।

२.पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।

३.गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।

४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।

५.मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।

६. पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।

७. यात्रा गर्दै हुनुहुन्छ र बान्ता हुने समस्या छ भने पुदिना सेवन गर्नुहोस् । यसले बान्ता रोक्छ ।

८. पेटको दुखाइ, अरुचिमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केही नुन हालेर पकाएर खान सकिन्छ ।

९।.प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।

१०. पुदिनालाई पानीमा उमालेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय(समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।

११. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array