बच्चालाई भन्न नहुने विषय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ –

तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिएँ
बच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो। आफू बच्चा हुँदाका कम्जोरी र आफूले अभिभावकलाई दिएका दुःखबारेमा पनि सम्झनुहोस। यस्ता कुराले बालबालिकाको आत्मविश्वास कम्जोर हुन्छ।

बच्चाको निर्णमाथि हस्तक्षेप
अपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस्। किनकी बाल्य अवस्था बास्तवमै एउटा सिक्ने पक्रिया हो। उसले रोजेको अध्ययनको विषय तपाईलाई रुची नलाग्न सक्छ। उसले गरेको कामले तपाईलाई गर्व नलाग्न सक्छ।तपाईलाई मन नपरेमा पनि उनीहरुको निर्णयमाथि दोष नलगाउनुहोस। अभिभावकको रुपमा तपाइको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन।

दाई वा बहिनी जस्तो किन छैनौ?
यो पनि एउटा नसुहाउदो तुलना हो। बच्चाको क्षमतलाई लिएर उनीहरुलाई आत्मग्लानी हुने कुरा नगर्नुहोस। सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउदैनन। तपाईले तुलना गर्दा दाजुभाईभीच नै विश्वासको खाडल उत्पन्न हुन्छ। तपाईले बालबालिकालाई तुलना गर्न थाल्नु भयो भने तपाईप्रति उनीहरुको नकारात्मक धारणा उत्पन्न हुन्छ।

मलाई एक्लै बस्न देउ
कहिलेकाही बालबालिकाको व्याबहारले अभिभावकले आफूहरु एक्लै बस्न पाए पनि हुन्थ्यो भन्न थाल्छन्। झगडा गरे भनेर उनीहरुलाई एक्लै छोडिदिन्छौ। अभिभावकको यस्तो व्याबारले उनीहरुले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार हुन्छ। उसलाई खराब बाटोमा जानबाट बचाउनबाट बचाउनुोस। धैर्यता कायम गर्नुहोस।

तिमी त आफ्नै बाबु/आमा जस्तै
सबै बिबाहित जोडि सदैब खुसी भएर बाँचेका हुदैनन्। उनीहरुबीचको तिक्तता सम्बन्धपछि एक अर्काप्रति असह् शब्दको प्रयोग हुन्छ। कतिपय सम्बन्ध बिछोडमा गएर टुगिन्छन्।

मलाई सारै दुःख दिइस
अभिभावकको इच्छाविपरित गएर कतिपय बालबालिकाले आमाबुबाको भावनामा चोट पु–याउछन्। तर बालबालिकाको अत्यधिक आलोचन गर्दा उनीहरुलाई मानसिक रुपमा अशर पर्न सक्छन्। अबोध बालबालिकाले जे पनि गर्न सक्छ। उसको बानीलाई लिएर अत्यधिक आलोचना गर्दा उसले अपराध बोध गर्न सक्छ। बालबालिका सानै भए पनि आफ्नो निर्णय गरुन।

तिमी जस्तो बच्चा हुनुभन्दा त निसन्तान हुन बेस
यो अभिव्यक्ती अवश्यक पनि आक्रोश र आवेगको परिणाम हुन सक्छ। तर यसले बालबालिकामा गम्भीर अशर गर्छ। निश्चय नै यस अभिव्यक्तिले बालबालिकालाई मानसिक रुपमा चोट पु–याउछ।

खराब साथीको संगत आजैबाट छोडदउ
साथी बनाउदा हामी बयस्क मानिसले त सोच्दैनौ भने बालबालिकाले कसरी सोच्छन् होला? साथी बनाउने सबालमा बालबालिका र हामीबीच एक मात्र फरक के छ भने खराब साथीबाट कसरी टाढा रहने भन्ने विषयमा हामीलाई थाहा हुन्छ तर बालबालिकालाई हुदैन।

प्रतिक्रिया दिनुहोस्

Array