योग गर्दा ध्यान दिनुपर्ने कुराहरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–
ब्यस्त जिवनशैलिको बिचमा योग गर्नु शारीरिक तथा मानसिक स्वास्थ्यका लागि सबै भन्दा राम्रो विधि हो । योगले धेरै फाइदाहरु गर्छ । योगको नियमित अभ्यासले सकारात्मक ऊर्जा दिन्छ । तर, योगले शारीरिक रूपमा फाइदा गरे पनि यसको विधि, समयलगायतका बारेमा ज्ञान हुनु महत्वपूर्ण हुन्छ । यसबारे ज्ञान भएन भने साइट इफेक्ट पनि हुनसक्छ । योग आसनका आधारभुत कुराहरू सिक्नुपर्ने हुन्छ । योग गर्दा, आसन गर्दा श्वासप्रश्वास महत्वपूर्ण हुन्छ । कतिसमयमा कसरी श्यास भित्र लिने र बाहिरा फाल्ने सबै भन्दा महत्वपूर्ण हुन्छ । अनि सहि आसनमा बस्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सहि विधिबाट गरेको योगले बढी फाइदा गर्छ ।

योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर वा सल्लाह गरेर गर्नुपर्छ । खासगरी, भर्खर शल्यक्रिया गरिएको मान्छेले गर्नुहुँदैन । उच्च रक्तचाप, मुटुरोग, मधुमेहलगायत रोग भएकाले योग गर्दा फाइदा पुर्‍याउँदैन ।

योगका विभिन्न विधि एवं आसन हुन्छन् । सबै आसन सबैका लागि उपयोगी हुँदैन । त्यसैले योगासन गर्नुअघि प्रशिक्षकको सल्लाह लिनैपर्छ ।

कुन समयमा गर्ने ?
योग गर्नका लागि बिहान–साँझको समय उत्तम हुन्छ । बिहान खाना खानुअघि र बेलुकी खाना खानुअघि गर्नुपर्छ । खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुचाहिँ हुँदैन । खाना खाएको कम्तीमा तीन–चार घन्टापछि गर्नुपर्छ ।

कहाँ गर्ने ?
योग गर्न शान्त र स्वच्छ ठाउँको जरुरी हुन्छ । धुलोधुवाँ नभएको ठाउँमा गर्नुपर्छ । यसका लागि होहल्ला नहुने ठाउँ आवश्यक पर्छ । कौसी, खुला कोठा, बगैँचालगायतका ठाउँमा योग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: