दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यास भित्र्याउन पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यास् पठाउन पाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमा लाई १५ लाख बनाएको हो ।

विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्समा रुपमा १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो । यसअघिसम्म यस्तो रेमिट्यान्स १० लाख रुपैयाँसम्म मात्रै ल्याउन पाइने व्यवस्था थियो । यस्तो रेमिट्यान्स भित्र्याउने बैंहरुले कारोबारको विवरण मासिक रुपमा महिना सकिएको ७ दिनभित्र राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array