चिलिमे जलविद्युत कम्पनीको नाफा १५ प्रतिशतले विद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– गत आर्थिक वर्षको अन्त्यसम्म चिलिमे जलविद्युत कम्पनीको नाफा १५ प्रतिशत बढेको छ। उक्त अवधिमा कम्पनीले ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन पोहोर असारमा ६६ करोड १४ लाख रुपैयाँ थियो। सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.३५ प्रतिशत बढेको छ। कम्पनीले विद्युत बिक्री गरेर १ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले मुद्दती निक्षेपको ब्याजबाट १९ करोड ५४ लाख रुपैयाँ कमाएको छ।
जलविद्युत आयोजना सञ्चालन गरी विद्युत बिक्री व्यापार गरेको चिलिमेले १४ करोड ४२ लाख रुपैयाँ रोयल्टी बुझाएको छ। त्यस्तै, आयोजनाको सञ्चालन खर्च १० करोड ६० लाख रुपैयाँ छ। खुद नाफा बढेका कारण कम्पनीको प्रति सेयर आम्दानीमा पनि वृद्धि देखिन्छ। पोहोर असारमा १०.५३ रुपैयाँ रहेको इपीएस ११.२६ रुपैयाँ पुगेको छ। सो अवधिमा चुक्ता पुँजी साढे ७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको अवितरित नाफा ३ अर्ब ६४ करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

Array