लगानीकर्तालाई आकर्षक बोनस दिने हिमालयन डिस्टिलरीको नाफामा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं–
दोस्रो सेयर बजारमा सधै चर्चामा रहेको हिमालयन डिस्टिलरीको खुद नाफामा सुधार भएको छ । आकर्षक बोनस दिएका कारण यस कम्पनीले दोस्रो बजारमा सधै राज गरिरहेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ५ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३३५ मात्र बढी हो । गत वर्ष १ अर्ब ४ करोड १३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 उत्पादन खर्च १३ करोड ९४ लाख रुपैयाँबाट बढेर २१ करोड ३८ लाख पुगेको छ । यस्तै, बिक्री वितरण खर्च पनि ४४ करोड २१ लाख रुपैयाँबाट बढेर ६३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जसका कारण असार मसान्तसम्म सञ्चालन नाफा ०।५०५ ले बटेर १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । हिमालयनले वित्तीय लागत १ करोड ७२ लाख रुपैयाँबाट घटाएर ९ लाख रुपैयाँमा सीमित गरेपछि खुद नाफामा सुधार आएको हो ।
हिमालयनले गत वर्ष ७५५ बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस्तै, असार मसान्तसम्म रिजर्भ कोष १ अर्ब १३ करोडबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यद्दपि, पुँजी वृद्धिको तुलनामा खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने दबाब परेको छ । प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसाबाट घटेर अहिले ६९ रुपैयाँ ५० पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array