नेपाल लाइफ बीमा शुल्क संकलनमा अब्बल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल लाइफ कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । अन्य बीमा कम्पनीको तुलनामा करिब दोब्बर रहेको हो । आन्तरिक व्यवस्थापन कमजोर हुँदा पनि कम्पनीको अवस्था खस्किएन । बिमा शुल्क आर्जनमा भने अब्बल देखिएको छ ।  दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख र चौथोमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिएको छ ।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले २०७९ असार मसान्तसम्ममा १ अर्ब ५८ करोड रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्