आज सुनको मूल्य बढयो, चाँदी स्थिर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौ – सुनको मूल्य आज ७ सयले बढेको छ। कारोबार मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९६ हजार ७ सय भएको थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य घटे पनि नेपाली बजारमा भने स्थिर छ। बिहीबार ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ८ डलरले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

Array