क्याथे एयरलाइन्सले हङकङ–काठमाडौं उडान भर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

क्याथे एयरलाइन्सले आगामी अक्टोबर १ बाट हङकङ–काठमाडौं सिधा उडान सुरु गर्ने भएको छ । हङकङको ध्वजाबाहक कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट हप्तामा एउटा उडान गर्न अनुमति लिएको हो । जानकारी दिएका छन् ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलालेका अनुसार वायुसेवा प्राधिकरणले सिधा उडान सञ्चालनका लागि सबै प्रक्रिया पूरा गरिसकेको छ । एयरलाइन्सले दिउँसो १२ बजेदेखि १ बजेसम्मको स्लट मागेको छ भने क्यानले बेलुका ८ बजेपछिको स्लट उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । हाल नेपाल एयरलाइन्सले काठमाडौंबाट हङकङ र त्यसको उल्टो उडान गर्दै आएको छ । त्यहाँ रहेका नेपालीहरुको बाहुल्यताका कारण हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । यसैबीच हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नेपालीसहित २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

नेपालसहित २१ राष्ट्रका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सम्बन्धित राष्ट्रमा सिधा उडान गर्दै आएका छन् । कोभिड–१९ को महामारी अघि टिआइएले ३० राष्ट्रका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएको थियो । हाल दैनिक औसतमा त्क्ष्ब् बाट ७० उडानहरू सञ्चालन भइरहेका छन्। नेपालले हालसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array