१३ सय भन्दाबढी कालोसूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं। गत वैशाख महिनाभित्र १३ सय भन्दाबढी मानिस तथा कम्पनीलाई कालोसूचीमा राखिएको छ। कर्जा सूचना केन्द्रले समयमा ऋण तिर्न नसकेको भन्दै एक महिनाको अवधिमा एक हजार तीन सय २७ कम्पनी तथा मानिसलाई कालोसूचीमा राखेको हो।

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार कालोसूचीमा पर्नेमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू रहेका छन्। त्यसैगरी उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरू समेत यस अवधिका कालोसूचीमा परेका छन्।

तथ्यांक अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक पनि कालोसूचीमा परेका छन्। गत वैशाख २ गते मात्र एकैदिन ३५ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांक छ।

त्यसैगरी वैशाख ४ गते होटल अन्नपूर्णसहित अल नेपाल ट्रान्सपोर्ट, चाल्नाखेल हार्डवेयर एण्ड सप्लायर्सलगायत ४० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्। यस अवधिमा खाद्य सप्लायर्सदेखि हेवी इक्युपमेन्ट, इन्जिनियरिङ फम समेत कालोसूचीमा परेका छन्।

Source

प्रतिक्रिया दिनुहोस्