चाडपर्वमा मुखमा जनतालाई राहत दिने सरकारको निर्णय: इन्धनको मूल्य यथावत्, निगमले १५ दिनमै ३ अर्ब २० करोड घाटा व्यहोर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढेर आए पनि नेपालमा खुद्रा बिक्री मूल्य नबढाउने घोषणा गरेको छ। देशमा बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र आसन्न दशैँ–तिहार जस्ता प्रमुख चाडपर्वहरूमा उपभोक्तालाई आर्थिक भार नपरोस् भनी निगमले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन नगरिँदा नेपाल आयल निगमलाई भने ठूलो आर्थिक धक्का लाग्ने भएको छ। साविककै मूल्य कायम राख्दा निगमलाई आगामी १५ दिन (पाक्षिक) मा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

- Advertisement -
Ad image

भारतबाट असोज १४ गतेबाट पेट्रोलमा प्रति लिटर २०.४४ रुपैयाँ, डिजेलमा २०.२१ र मट्टितेलमा १५.९६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यस्तै, हवाई भाडामा प्रति लिटर १८.६६ रुपैयाँ बढेको निगमको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य पहिलो वर्गका लागि १९७.५० ,दोस्रोका लागि १९९ र तेस्रोका लागि २०० रुपैयाँ प्रति लिटर यथावत् राखेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य पनि समान रहेको छ । एलपी ग्यासको मूल्य प्रति सिलिण्डर दुई हजार ६० रुपैयाँ तोेकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्