बीमा समूहको धेरै ठूलो गिरावट:सेयरबजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ८४.९० अंकले र सेन्सिटिभ सूचक १४.२७ अंकले घटेको हो ।

बजारमा आज २२१ कम्पनीको कारोबार भएकोमा ३५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा ३३ हजार ६१० पटकको खरिदबिक्रीमा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो ।

आज १३ वटै उपसूचकहरु राताम्य छन् भने बीमा समूहको धेरै ठूलो गिरावट आएको छ । आज बजारमा १८८ कम्पनीको सेयर घट्दा दुईवटाको मात्रै बढेको छ ।

आज कमाउने लगानीकर्ताले ४.९६ प्रतिशतसम्म आम्दानी गर्दा धेरै लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन् । बजारमा आज कम्पनीहरुको ९ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array