विलुप्त भयो त्यो आवाज…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

विलुप्त भयो त्यो आवाज,
गोरुको घाँटीमा घन्टीको,
सुन भन्दा राम्रो सुगन्ध त्यो,
हिले माटोको बेलाको ।।

गोठ हरायो, पराल हरायो,
हरायो दौनीको,गीत त्यो,
कता गयो, छिर्के कुकुर ,
खेल्थ्यो मसित, जिस्कि त्यो ।।

- Advertisement -
Ad image

गुच्चा खेल्ने हात यो,
गुलेली मा, माटोको मट्याङ्ग्रा त्यो,
कता भुलियो, माया त्यो,
गाउँका सबै, काला काकि को ।।

खाजामा,मकै पोलेको,
पिर्कामा बसेर, खाएको,
धिपधिप गर्ने बत्ती त्यो,
बाबाले, चमेना बिस्कुट ल्याएको ।।

कता गयो, मेरो त्यो गाउँ,
कता हरायो, ति सपनाहरु,
कस्तो यो दिन,आएको
मानिस ले मानिसलाई नचिनेको ।।

विलुप्त भयो त्यो आवाज,
गोरुको घाँटीमा घन्टीको।।

शरदचन्द्र ओझा ”मेदिनीराज”
द न पा-४, बमराडा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्